लघु–चलचित्र प्रतियोगिता

काठमाडौं । कोरोना कहरका बीच घरमै बस्न बाध्य युवालाई लक्षित गरी ‘एनवाइएफ सर्ट फिल्म प्रतियोगिता २०७८’ हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितामा निषेधाज्ञाको समय सदुपयोगसँगै युवाको प्रतिभा पहिचान गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागेको हो । ‘म केही गर्छु’ शीर्षकमा हुने प्रतियोगितामा सहभागीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा रही बढीमा ५ मिनेटसम्मको चलचित्र बनाउनु पर्ने जनाइएको छ ।

यसरी प्राप्त भएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरेर आवश्यक सुझाव तथा परामर्श सुझाव दिने आयोजकले जनाएको छ । तिनै प्राप्त चलचित्रमध्ये पहिलो हुने चलचित्रले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले १ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
यो प्रतियोगिताको मुख्य आयोजक राष्ट्रिय युवा संघ नेपाल, सहआयोजक नेपाल फिल्म एकेडेमी र नेसनल युथ काउन्सिल प्रवद्र्धक रहेका छन् । यस्तै, प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पिनेस र प्रमोटर्स नेपालले समेत सहयोग गर्ने जनाइएको छ ।

प्रतिक्रिया