८१ अर्बको सेयर कारोबार

काठमाडाैं । सातामा ८१ अर्बको सेयर कारोबार भएको छ । यो भन्दा अघिल्लो साता अधिक अंकले बढेको पसिसूचक र कारोबार रकम नेपाल धितोपत्र बोर्डले विज्ञप्ति जारी गरेसँगै ओरालो लागेका हो । २ सय ३५ कम्पनीको कारोबार भएको बजारमा ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार १ सय ५० रुपैयाँ बराबरका १५ करोड १७ लाख ७ हजार ४ सय ८२ कित्ता सेयर कारोबार भएको छ । अघिल्लो साता २ सय ३५ कम्पनीको कारोबार भएको बजारमा ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार ७ सय ६७ रुपैयाँ बराबरका १७ करोड ५ लाख ९० हजार ६ सय ४३ कित्ता सेयर भएको थियो । साताको अन्त्यसम्म आइपुग्दा बजार पुँजीकरण ४१ खर्ब ३९ अर्ब २८ करोड ८५ लाख ३० हजार पुगेको छ ।

साताको अन्तिम दुई दिन लगानीकर्ता अन्योलमा रहेका कारण सेयर बजारमा तीव्र उतारचढाव देखिएको थियो । धितोपत्र बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै बजार ओरोलो लागेको थियो । सोही कारण लगानीकर्ताले बजार ओरालो जान सक्ने आकलन गरेपछि बजार ओरालो लागेको हो । धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनीको बारेका प्रकाशित गरेको अवधारणा सेयर लगानीकर्ता संगठनहरूले आपत्ति जनाएका थिए ।

बजारको गति र प्रवृत्तिका बारेमा आकलन गर्न नसकिएपनि विभिन्न तथ्य, सूचक र अनुभवका आधारमा बिज्ञहरुले सेयर बजारको बारे धारणा सार्वजनिक गर्दे आएका छन । त्यस्ता विज्ञहरुले बजार धेरै नै माथी गइसकेको भन्दै बजारमा लगानी बढाउनु उपयुक्त हुन नसक्ने बताउनुले पनि हाम्रो सेयर बजार उच्च अंकमा पुगेको बजारले देखाएको छ ।

साताको पाँच दिन कारोबार भएको बजारमा आइतबार र सोमबार सेयर बजारमा उच्च वृद्धि देखिएको थियो । साताभर तिन दिन घटेको सेयर बजार दुई दिन बढेको हो । पहिलो दिन आइतबार २ हजार ९ सय ४४ दशमलव ७९ को बिन्दुबाट सुरु भएको नेप्से सूचक ३८ दशमलव ३२ अंकले बढेर २ हजार ९ सय ८३ दशमलव ११ कोे बिन्दुमा आइपुगेको थियो । त्यस्तै सोमबार ४२ दशमलव ७२ अंकले वृद्धि भएर ३ हजार २५ दशमलव ८३ को बिन्दुमा पुगी हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो ।

मंगलबार भने ३ दशमलव ७२ अंकको सामान्य गिरावट आएको थियो । मंगलबार धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत हुँदै लगानी गर्न भनेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै बुधबार सूचकमा र बिहीबार कारोबार रकममा भारी गिरावट आएको हो । बुधबार ५२ दशमलव ४१ अंकले र अन्तिम दिन बिहीबार १ दशमलव २९ अंकले घटेर २ हजार ९ सय ६८ दशमलव ४३ को बिन्दुमा आइपुगेको छ । साताभर नेप्से सूचक पहिलो दिनको तुलनामा १४ दशमलव ६८ अंकले घटेको छ ।

सातामा तीनवटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । सुचिकृत हुने कम्पनीमा सिर्जना फाइनान्सको ११ लाख ५१ हजार ९ सय ५० दशमलव १७ कित्ता बोनस सेयर, सिटिजन्स बैंकको १ करोड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता र विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।

प्रतिक्रिया