खोजखबर

नेपाल पक्ष पनि सहभागी हुने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित

सौर्य अनलाइन २०७८ असार १ गते २२:०६ मा प्रकाशित

काठमाडौं । एमालेले असार २ गतेका लागि तय गरेको स्थायी कमिटी बैठक स्थगित भएको छ। बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पनि सहभागी गराउने तयारी गरेको बताइएको थियो । एमालेलाई सर्वोच्च अदालतले ०७५ जेठ २ गतेको स्थितिमा फर्काइदिएपछि पुरानै कमिटीको बैठक बस्नुपर्ने नेपाल पक्षले माग गर्दै आएको थियो ।

एमालेका असन्तुष्ट पक्षले पूर्वमाओवादीबाट आएकाहरुलाई काखी च्यापेर आफूहरुलाई पाखा लगाएको भन्दै आक्रोश पोख्दै आएका छन् । भोलिका लागि बोलाइएको बैठकले असन्तुष्टि हल गर्ने अपेक्षा गरिएको थियो । तर, पूर्वसन्ध्यामा आएर बैठक स्थगित गरिएको छ ।

मंगलबार दिउँसो पनि ओली र नेपाल पक्षका दोस्रो तहका केही नेताबीच अनौपचारिक छलफल भएको थियो। उनीहरूकै सुझावअनुसार बुधबार बस्ने भनिएको बैठक केही दिन पर सारिएको बताइएको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय