रिलायन्स लाइफको व्यतित विलम्ब शुल्कमा छुट

काठमाडौ । रिलायन्स लाइफले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखमा छुट दिने भएको छ ।

कम्पनीको अनुसार २०७८ असार ३१ भित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो । यसबाट ग्राहकले विषम परिस्थितिमा पुर्ण रुपमा फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया