खोजखबर

जसपा अध्यक्ष यादवले बोलाए केन्द्रीय कार्यकारिणी समितिको बैठक

सौर्य अनलाइन २०७८ असार १ गते २०:४८ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् । पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला अत्यावश्यक छलफल गर्न भन्दै यादवले असार ३ गते साढे ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा उपस्थित हुन केन्द्रीय कार्यकारिणी समितिका सबैलाई खबर गरिएको छ ।

अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह अहिले सरकारमा छ । यादव पक्षले ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा निर्वाचन आयोगले सदर नहुने निर्णय गरेको थियो । बैठकमा आयोगको निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जसपा नेताहरूले जनाएका छन्।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय