खोजखबर

काठमाडौं उपत्यकामा भोलिबाट दैनिक धारामा पानी नआउने

सौर्य अनलाइन २०७८ जेठ ३१ गते १९:०३ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ ।

मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ ।

त्यो अवधिमा उपत्यका भित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक वितरण गर्न नसकिएको हो । सैँबु पोखरीबाट १२ दिन, बालाजु पोखरीबाट वितरण हुने स्थानमा ९ दिन, मीनभवन, अनामनगर, महाँकालचौर र ठिमी बोडे आसपासका क्षेत्रमा सात दिन बिराएर पानी वितरण हुनेछ ।

त्यस्तै, बाँसबारी, पानीपोखरी, भक्तपुर चार दिन र कीर्तिपुर पानीपोखरीबाट वितरण हुने स्थानमा दुई दिन बिराएर वितरण गरिनेछ । दुई महिना पहिलेदेखि उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो । दैनिक १७ करोड लिटर पानी आउँदा चक्रपथ भित्रका धेरै स्थानमा स्थानीयबासीले दैनिक रुपमा पानी पाइरहेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय