गोरु काटेको अभियोगमा बागलुङमा दश जना पक्राउ

गलकोट । गोरु काटेको अभियोगमा बागलुङको गलकोट नगरपालिका –११ ठुलपोखरका दश जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गलकोट –११ ठुलपोखरीका ३१ वर्षीय बिष्णु श्रीष, सोही स्थानका ३६ वर्षीय लालबहादुर श्रीष, ३२ वर्षीय मोहन श्रीष, ३८ वर्षीय तुलबहादुर श्रीष र ३० वर्षीय यमबहादुर श्रीष छन् । यसैगरी ३५ वर्षीय टंक सुनार, २६ वर्षीय मनोज श्रीष, ४१ वर्षीय झम काउच, २८ वर्षीय बल बहादुर बिक र ४४ वर्षीय वेलबहादुर श्रीष रहेका छन् ।

शुक्रबार राति गलकोट –११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेर मासु खाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज उनीहरुलाई जिल्ला सदरमुकाम झिकाइएको कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

प्रतिक्रिया