सभामुखले बोलाएको सर्वदलीय बैठक शुरू, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडाैं । प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न सभामुख अग्नि सापकोटाको आव्हानमा सर्वदलीय बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरु सहभागि छन् । बैठकका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल लगायत छन् । प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे बैठकमा छलफल हुँदैछ ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि नहुने भएका छन् । सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतालाई बैठकमा बोलाएका थिए । सभामुखले प्रधानमन्त्री ओलीलाई पत्र पठाएर बैठकमा सहभागि जनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया