‘नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुवहु थियो, सर्वोच्चले उल्ट्याइदियो’

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु भएको दाबी गरेका छन् । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सर्वोच्च अदालतले परमादेश दिएपछि पोखरेलको यस्तो धारणा आएको हो ।

‘नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुवहु थियो । त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए । तर, सर्वोच्चलेनै उल्टाइदियो । धन्य छौँ हामी,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया