बिकास निर्माणको स्वीकृत योजनामा बिबाद गर्नु अनुचितः अध्यक्ष यादव

सर्लाही । जिल्लाको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले बिकास निर्माणको स्वीकृत योजनालाई अन्यौलमा पार्ने गरि पालिकाकै वडा अध्यक्षहरुले खडा गरेको विवाद अनुचित रहेको बताएका छन् । आफू जनताबाट निर्वाचित जनप्रतिनिधि भएकै कारण जनताको मर्म र भावनालाई कदर गर्दै जनताको आवश्यकता अनुसारकै योजनाहरु जनतामा गएर छनौट गरेको अध्यक्ष यादवले जनाए ।

छनौटमा परेका योजनाहरु कानुन बमोजिम योजना शाखाबाट स्वीकृत समेत भइसकेको अध्यक्ष यादवले बताउदै भने, ‘के कुन कारणले पालिकाका प्रशासकीय अधिकृत नागेन्द्र यादवले कार्यदेश रोक्का गरेका हुन् ?’ त्यसबारे पालिकाका जनताहरु जान्न चाहेको अध्यक्ष यादवले प्रष्टाए ।

असार मसान्तसम्ममा काम सक्नुपर्ने र प्रयाप्त समयको अभावका कारण उपभोक्ता समितीले बिकास निर्माणका लागि आवश्यक सामाग्रीहरु आफ्नो निजि लगानीमा खरिद गरिसकेकोले योजना शाखाबाट स्वीकृत योजनाहरुको कार्यदेश पालिकाका प्रशासकीय अधिकृत नागेन्द्र यादवले तत्काल दिनुपर्ने अध्यक्ष यादव लगायत पालिकाका स्थानीय जनताहरुले माग गरेका छन् ।

प्रतिक्रिया