देउवा निवासमा विपक्षी गठवन्धनकाे छलफल

काठमाडौं । विपक्षी गठवन्धनका नेताहरुबीच छलफल भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ बिहीबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टी ‘जसपा’ का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको स्रोतको भनाइ छ ।

छलफल अहिले पनि जारी छ।कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै ७ जना मन्त्री र एक जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि विपक्षी गठवन्धन छलफलमा बसेका हु न्।

प्रतिक्रिया