हस्तकला महासंघद्धारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं । हस्तकला उद्यमी व्यावसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई रु. एक लाख आर्थिक सहयोग गरेको छ । विगत लामो समय देखि जनहितकारी कार्यमा संलग्न रहदै आएको राष्ट्रिय आविस्कार केन्द्रबाट कोभिड १९ बाट संक्रमित विरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै महासंघले उक्त सहयोग गरेको हो ।

उल्लेखित सहयोग रकम सो केन्द्रको नाममा ग्लोबल आई. एम. ई. बैंक, नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिएको महासंघले जनाएको छ । सहयोगले कोभिड १९ को न्यूनिकरणको निमित्त उक्त केन्द्रले सम्पादन गर्ने कार्यमा थप मद्दत पुग्न जाने महासंघले विश्वास लिएको छ ।

प्रतिक्रिया