काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्न नहुने बताएका छन । सुकेटार विमानस्थलको नाम सरकारले पूर्वमन्त्री तथा नेकपा (एमाले) का स्वर्गीय नेता रवीन्द्र अधिकारीको नाममा विमानस्थलको नामकरण गरेपछि नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन ।
सामाजिक सञ्जालमा लेख्दै भनेका उनले भनेका छन, ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ ।’
नेता भट्टराईले, ब्यापक छलफल र बिमर्श गरे मात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्ने बताए । उनले भने, ‘असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्दछ ।’
शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पूर्वमन्त्री तथा नेकपा (एमाले) का स्वर्गीय नेता अधिकारीको नाममा विमानस्थलको नामकरण गर्न लागिएको जानकारी दिएका थिए । आगामी आर्थिक वर्षमा सुकेटारको धावनमार्ग विस्तार कार्य सम्पन्न गरिने बजेट भाषणमा उल्लेख गरेका थिए । १५ फागुन २०७५ मा एयर डाइनेष्टी हेलिकोप्टर दुर्घटना हुँदा अधिकारी र शेर्पा सहित सात जनाको निधन भएको थियो ।
प्रतिक्रिया