संसद विघटन विरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा पठाइयो

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरुद्ध परेका सबै मुद्दा संवैधानिक इजलासबाट सुनुवाइ गर्ने भएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले यस्तो आदेश गरेको हो । शुक्रबार यसै सम्बन्धी अन्य रिट निवेदन संवैधानिक इजलासमा रहेकाले सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएको हो ।

प्रतिनिधि सभाका बहुमत सदस्य अदालतमा उपस्थित भएर दायर गरेको रिटमाथि संवैधानिक इजलासमा भोलिदेखि बहस हुँदैछ । अन्य १९ वटा रिटमाथि पनि अब संवैधानिक इजलासमै बहस हुने भएको छ ।

प्रतिक्रिया