माछापुच्छ्रे  बैंकको एमविएल क्रेडिट सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले आम नागरिकको उपचारमा सघाउन एमबिएल केयर क्रेडिट सुविधा ल्याएको छ । बैंकका अनुसार यो सुविधा अन्तर्गत आफ्नो र आफ्ना परिवारको उपचारमा लाग्ने खर्च यो सुविधामार्फत लिन सकिनेछ । उपचारमा लिएको रकम किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यो सुविधा अन्तर्गत बैंकले १० लाख रुपैयाँसम्म रकम दिनेछ । बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएका ग्राहकले यो सुविधा लिन पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । क्रेडिट कार्ड नभएका ग्राहकले वेबसाइटमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया