हिमालय एयरलाइन्सले साउदीमा तीन वटा चाटर्ड उडान गर्दै

काठमाडौं । नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ ।

नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्ति मार्फत जनाएको हो । एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ ।

काठमाडौं–दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ । उडानमा सहभागी यात्रुले अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ ।

प्रतिक्रिया