स्वास्थ्य

‘लक्ष्मीनारायण’लाई मानसिक औषधि सहयोग

सौर्य अनलाइन २०७८ जेठ ४ गते १६:३१ मा प्रकाशित

पोखरा । नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रित लाई आवश्यक औषधि सहयोग गरेको छ । कोरोनाका कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम पन्तले जानकारी दिए ।

उनले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको सूचीका आधारमा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधिसहित एन्टिबायोटिक, भिटामिन, घाउखटिरा र चोटपटकमा लगाइने मल्हम आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई हस्तान्तरण गरिएको बताए । संघका महासचिव पूर्णकाजी बस्नेतका अनुसार आश्रममा हाल १५५ ‘लक्ष्मी’ र ‘नारायण’ छन् ।

आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले पोखरा–२५ हेम्जास्थित बाबियातरामा मानवीय स्मारक (मानव सेवा धाम) को निर्माण भइरहेको र अहिले कोभिड –१९ का कारण रोकिएको जानकारी दिनुभयो । सो धाम निर्माणका लागि प्रदेश सरकारको विशेष सहयोग छ ।

रु एक अर्ब तीन करोडका लागतमा निर्माण हुन थालेको स्मारकको गुरुयोजनानुसार पाँच सय क्षमताको सडक मानवता जागरण तालीम केन्द्र, बालोद्यान, यात्रु सेवा सत्तललगायत आवश्यक संरचना हुनेछन् । विसं २०८० सम्ममा सडकमानवमुक्त बनाइने अभियानानुसार योजनाबद्ध कार्यमा लागेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय