खोजखबर

जसपा संसदीय दलको नेता महतो भएको जानकारी संसद् सचिवालयलाई

सौर्य अनलाइन २०७८ जेठ ४ गते १६:१५ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीले पार्टीको स‌ंसदीय दलको नेतामा राजेन्द्र महतोलाई निर्वाचित गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ । दलको कार्यालयले मंगलबार सचिवालयमा पत्र पठाएर त्यस्तो जानकारी गराएको हो । पत्र संसद् सचिवालयमा १३७९ नम्बरमा आज दर्ता भएको छ । सचिवालय स्रोतका अनुसार संसदीय दलको विधान र दलको बैठकको माइन्युट पनि सम्लग्‍न छ। ३० बैशाखमा बसेको दलको बैठकले महतोलाई दलको नेतामा निर्वाचित गरेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय