अग्रवाल भवनमा आइसोलेसन सेन्टर

काठमाडौं । काठमाडौं कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर बनेको छ । कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएको अवस्थामा स्वास्थ्य प्रवाहमा अहोरात्र खटेका चिकित्सक एवं अग्रपंक्तिमा लागेका सेवा प्रदाताहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति ‘हामी जित्नेछौँ’ भन्ने मन्त्रका साथ आइसोलसन तयार पारिएको हो ।

आइसोलेसन सेन्टरको सोमबार उद्घाटन गरिएको छ । हिन्दु स्वयम सेवक संघ नेपाल, अग्रवाल सेवा केन्द्र नेपाल, नेपाल चिकित्सक संघ, सेवा इन्टरनेशनल नेपाल एवं उपकार सेवा नेपालको संयुक्त प्रयासमा आइसोलेसन सेन्टर सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया