एनआइसी एशिया बैंकको आकर्षक क्यासब्याक योजना

काठमाडौं । एनआइसी एसिया बैंकले ‘उत्तरदायी बनौँ, मोब्यांक गरौं’ योजना सार्वजनिक गरेकोे छ । यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम रू १०० नगद फिर्ता प्राप्त गर्न सकिनेछ । यस योजना अन्तर्गत एक जना ग्राहकहरूले योजना अवधिभर अधिकतम रू ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।

प्रतिक्रिया