अक्सिजन लोन प्रवाह गर्दै सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंकले सिद्धार्थ अक्सिजन लोन नामक सहुलियत कर्जा दिने भएको छ । अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका लागि बैंकले अक्सिजन लोन दिने भएको हो । बैंकले अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरु खरिद गर्नका हस्पिटल तथा नर्सिङ्ग होमहरुलाई सहुलियत कर्जा दिने भएको हो । बैंकका अनुसार यस कर्जाको लागि कम्पनीको नगद प्रवाहलाई आधार मानी कर्जाको अवधि अधिकतम १५ वर्ष कायम गरिएको छ । ब्याजदरको हकमा कर्जा अवधिभर नै आधार दर कायम गरिने र भविष्यमा केन्द्रिय बैंकबाट कुनै प्रकारको सहुलियत प्राप्त हुने भएमा सो समेत उपलब्ध गराइने बैंकले जनाएको छ । यसमा कुनै पनि किसिमको सेवा शुल्क तथा अन्य कमिशनहरु नलिइने बैंकले जनाएको छ।

यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएकोले इच्छुक हस्पिटल तथा नर्सिङ्ग होमहरुलाई दरखास्त दिन बैंकले आग्रह गरेको छ । हाल देखिएको अक्सिजनको चरम अभाव अवस्थालाई मध्यनजर गर्दै अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता विस्तारको लागि सहुलियतपूर्ण विशेष कर्जा ल्याईअको बैंकले जनाएको छ । यस्तो कर्जालाई उच्च प्राथिमिकतामा राखेर प्रोसेस गरिने बैंकले उल्लख गरेको छ । थप जानकारीको लागि बैंकले ९८५१०७४८४८ मा सम्पर्ण गर्न वा [email protected] मा इमेल गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया