सडक निर्माणमा तीव्रता दिँदै भैरवी

दैलेख । दैलेखको भैरवी गाउँपालिकाले सडक निर्माणमा तीव्रता दिएको छ । गाउँपालिका भित्र पर्ने नयाँ सडकको ट्रयाक खोल्ने तथा ट्रयाक खोलिसकेका सडकको स्तरोन्नति गर्ने काममा तीव्रता दिइएको हो । मंगलबार निर्माण भईरहेको खम्मडाडे–बाघमारे–काउलेडाँडा–गावुडौडा सडक गाउँपालिकका इन्जिनियर हिरासिंह थापा, वडा–६ का वडाध्यक्ष डिल्लीराम पुरी लगायतको टोलीले निरीक्षण गरेको छ । भैरवी गाउँपालिकाको खम्मडाँडे बजारदेखि सुरु भएको सडक वडा–६ को बाघमारे, काउलेडाँडा, गावगौडा हँुदै कालिकोट जोड्ने सडकमा सम्मिलित हुन्छ ।

भैरवी गाउँपालिका–६ खम्मगाडे बजारदेखि बागमारे काउलेडाँडा हुँदै गावुडौडा सडक निर्माणका लागि गत आवमा भैरवी गाउँपालिकाले करिब १० लाख रुपैयाा खर्च गरेर सडकको ट्रयाक खोले पनि यस आवमा ५४ लाख रुपैयाँ विनियोजित गरेर सडक स्तरोन्नतिमा जोड दिएको उक्त सडक निर्माणका लागि १७ लाखमा निर्माण व्यवसायीसँग सम्झौता भएको भैरवी गाउँपालिकाका इन्जिनियर हिरासिंह थापाले जानकारी दिए । उनले भने, ‘पहिलो वर्ष सडकको ट्रयाक खोलिएको भए पनि सडक सानो ठाडो थियो यस वर्ष उक्त सडकलाई स्तरोन्नति गरेर ६ मिटर चौडा सडक निर्माण गरिएको छ । सडक निर्माण भएसँगै वर्षातको समयमा अघिकांश सडकहरू बिग्रने हुँदा यस सडकमा वर्षातको पानीले क्षति नपुगोस् भनेर सडकको नालासमेत निर्माण गरिनेछ ।’

वडा–६ को अधिकांश क्षेत्र समेटेर जाने सडक निर्माण भएपछि यहाँका नागरिकहरूलाई आवतजावतमा सहज हुनेछ । भैरवी गाउँपालिका हुँदै कालिकोटको शुभकालिका गाउँपालिका जोड्ने यो सडकबाट जाँदा छिटो हुने भैरवी गाउँपालिका–६ का वडा अध्यक्ष डिल्लीराम पुरीले बताए । उनले बताए अनुसार करिब दुई किलोमिटर सडक निर्माण भएपछि वडा–६ का नागरिकले सहज रूपमा बजारसँग जोडिन पाउनेछन् यहाँका नागरिकले आपूmले उत्पादन गर्ने तरकारी बजारसम्म लिएर बिक्री गर्न र बजारबाट आपूmलाई चाहिने हरेक सामानहरू लिन सहज हुने गरी छोटो बाटोलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।

देश कोरोना महामारीले संकटमा परेको समयमा पनि विकास निर्माणका काम रोकिएका छैनन् । सडक राम्रो बनाउनकै लागि प्राविधिक दिनरात फिल्डमै रहेका छन् । गाउँपालिकाका प्राविधिक दीपेन्द्र ढुंगाना भन्छन्, ‘ठेक्कामा दिइएको सडकमा ठेकादारले लापरवाही भएकाले यहाँको सडक यथाशीघ्र निर्माण र मापदण्डअनुसार बनाउन निर्माण कार्य अवधिभर फिल्डमै रहेको छु ।’ सडक विकास निर्माणको मेरुदण्ड भएकाले गाउँपालिकाले सडक निर्माणलाई तीव्रता दिएको छ । गाउँपालिकाभित्र पर्ने हरेक सडक निर्माणका कामहरू प्राथमिकतामा राखेर काम गरिरहेका गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया