सरकारले कसरी गर्दैछ अक्सिजनको व्यवस्थापन ?

डा.जागेश्वर गौतम

निजी अस्पतालले पनि अक्सिजन प्लान्ट खोल्नुप¥यो । ल्याउनुपर्यो । आफ्नो व्यवस्थापन नगर्ने, गर्ने चाहना नराख्ने ? मेडिसिटी अस्पतालको व्यवस्थापनले फोन गरेका थिए । यस्तो गरिदिनुस् भनेर । त्यत्रो ठूलो अस्पताल खोल्दा दुई/चार वटा प्लान्ट नराख्ने ? प्रसूति गृह, कान्ति बाल अस्पताल, गंगालाल, टेकु अस्पतालले अक्सिजन प्लान्ट राख्न सक्ने ट्रमा सेन्टरले राख्न सक्ने तर, उहाँहरूले राख्न नसक्ने? उहाँहरू अहिलेसम्म के गरिरहनुभएको थियो ?

निजी अस्पतालहरूले अक्सिजनले जति धान्न सक्छ त्यति नै बिरामीको उपचार गर्ने हो । सरकारी अस्पतालहरूमा चाँही अक्सिनजको अभाव बढेको थियो । निजी अस्पतालहरूले मज्जाले अक्सिजन पाइरहेका थिए । अहिले सरकारीमा धेरै बिरामी बढेका छन् । पाटन, सिभिल, वीर, ट्रमा सेन्टर, टिचिङ अस्पताल, गंगालाल अस्पतालमा संक्रमित धेरै छन् । सरकारी अस्पतालमा बिरामी कम हुँदा निजीमा अक्सिजन सप्लाई धेरै थियो । सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि सरकारले बिरामीको चापको आधारमा अक्सिजन दिनुप¥यो । सरकारले जहाँ गरिबको उपचार हुन्छ, त्यहाँ बढी प्राथमिकता दिनै प¥यो । अहिले हामीले सिलिन्डर व्यवस्थापन गर्दै छौँ । चार सय सय सिलिन्डर चीनबाट आएको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा ८ हजार ५ पाँच सिलिन्डर भरिँदो रहेछ । तर, अहिले माग भने दैनिक १२ हजार सिलिन्डर छ । त्यसैले हामीले सिलिन्डरहरू जम्मा गरेर एक हजार सिलिन्डर भर्न पोखरामा पठाएका छौँ ।

चितवनमा पाँच सय, विराटनगरमा सात सय, सिमरामा पाँच सय सिलिन्डर अक्सिजन भर्न सकिन्छ । त्यसैले हामीले अहिले सिलिन्डर जम्मा गरेर भर्न पठाएका छौँ । छिटै नै अक्सिजन सहज हुन्छ । वीर अस्पतालमा अक्सिजन अभावको कारण पाँच सय बेड सञ्चालनमा नआएको होइन । अरू प्रशासनिक कारणले अप्ठ्यारो छ । अक्सिजन त दुई दिनमा व्यवस्थापन हुन्छ । किनकी हामीले अरू विकल्पकहरू पनि खोजेका छौँ । जहाँजहाँ लिक्विड अक्सिजन भारतबाट ल्याउन सकिन्छ, जहाँजहाँ लिक्विड अक्सिजन राख्ने ट्यांक छ । त्यहाँ ट्यांकहरू ल्याएर भर्दै छौँ । भरिरहेका छौँ ।

अक्सिजनको चार वटा स्रोत छ । एउटा अस्पतालमा भएका अक्सिजन प्लान्ट । ती सानासाना छन् । अरू बेलामा यति धेरै अक्सिजन चाहिँदैन थियो । प्रसूति गृहमा १५ सिलिन्डर भए पुग्थ्यो, म त्यहा हुँदा २५ वटा ठूला सिलिन्डर भर्थें । प्लान्ट थियो । तर आज माग बढ्यो पुगेन । कतिपय अस्पतालमा अक्सिजन प्लान्ट छन् । प्लान्ट भएकाले प्लान्ट चलाउँछन् । जस्तै कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृहमा आफ्नै प्लान्ट छ । तर, बिरामी बढेका हुनाले प्लान्टले नपुग्न सक्छ । दोस्रो कुरा कतिपय अस्पतालमा लिक्विड अक्सिजन ट्यांक छन् । जस्तो ट्रमा, टेकु अस्पतालमा लिक्विड अक्सिजन ट्यांक छन् । त्यहाँ भारतबाट लिक्विड ल्याएर भर्ने हो । लिक्विड अक्सिजन हामीले कूटनीतिक तरिकाले सम्झौता गरेर ल्याइरहेका छौँ । तर, समस्या के रहेछ भने त्यो ट्यांकर बोग्ने शंकर अक्सिजन प्रालिसँग दुईवटा ट्यांकर मात्र रहेछ । हामीले ट्यांकर पनि थप्न लगाएका छौँ ।

तेस्रो अक्सिजन उद्योगहरू हुन् । काठमाडौं उपत्यकामा आठ वटा अक्सिजन उद्योग रहेछन् । उनीहरूकोमा कतिपय ठाउँमा बिजुली निरन्तर नभएर उत्पादन धेरै भएको छैन । ती ठाउँमा हामीले २४ घण्टा बिजुली आपूर्तिको लागि विद्युत् प्राधिकरणलाई आग्रह गरेका छौँ । कतिपय ठाउँमा कामदारमा कोरोना पोजिटिभ भएर काम रोकिएको थियो । त्यहाँ नेपाली सेनाबाट जनशक्ती परिचालन भएर चलाइएको छ । चौथो कन्सन्टेटर । उनीहरूले धेरै अक्सिजन दिन सक्दैनन् । सामान्य केसमा मात्र काम लाग्छ । अलि सिरियस बिरामीलाई काम लाग्दैन । तर, अरू रोगका बिरामीलाई पनि अक्सिजन चाहिन्छ । यो अवस्थामा कन्सन्टेटर प्रयोग गर्न थालेका छौँ ।

हामीले ७५ वटा कन्सन्टेटर चीनबाट ल्याएका छौँ । त्यसैले हामीले १० देखि १५ दिनभित्र १० वटा जति लिक्विड अक्सिजन ट्यांक, १५ वटा अक्सिजन प्लान्ट ल्याउँदै छौँ । यस्तै बाँकी रहेको २० हजार सिलिन्डर मध्ये १९ हजार ६ सय सिलिन्डर ल्याउन बाँकी छ । अहिले चार सय मात्र आयो । त्यो बाँकी सिलिन्डर प्लेनमार्फत दुई हजार ल्याउँछौँ । अरू स्थलमार्गबाट केरुङ हुँदै ल्याउने तयारी गरेका छौँ । अस्पतालमा अक्सिजनको उचित र बिरामी संख्याका आधामा व्यवस्थापन सरकारले गरिरहेको छ । यो स्वास्थ्य मन्त्रालयले मात्र गरेको होइन । सिसिएमसीले गर्छ । सबै निकायका प्रमुखहरू बसेर निर्णय र नियमन गरेको हो । हामीले यो सिलिन्डर एकैठाउँबाट सरकारले संकलन गर्ने निर्णय नगरेको भए आउने सात दिनभित्र काठमाडौंका आधा सिलिन्डर हराइसक्थे । सम्पन्न व्यक्तिका घर वा निजी अस्पतालमा पुग्थ्यो । अनि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीले अक्सिजन पाउँदैन थिए । त्यसैले यो स्वास्थ्य मन्त्रालयले मात्र होइन सिसिएमसीले निर्णय गरेको हो । यसलाई स्वास्थ्य मन्त्रालयले सकारात्मक रूपमा लिएको छ । अक्सिजनको समस्या व्यवस्थापन हुन दुई÷चार दिन लाग्छ । किनकी अहिले उत्पादन नै कम छ । सिलिन्डर कम छ ।

जहाँ धेरै बिरामी छन् त्यहा धेरै अक्सिजन अनि जहाँ बिरामी कम छन् त्यहाँ थोरै वितरण गर्ने हो । हामीले बिरामीको संख्याको आधारमा समानुपातिक वितरण गर्ने हो । निजी अस्पतालले जति अक्सिजन पुग्छ त्यति बिरामी लिने हो । निजी अस्पतालले पनि अक्सिजनको प्लान्ट वा ट्यांक राख्नुपर्छ । अर्काले उत्पादन गरेको अक्सिजन ल्याएर झारा टार्ने काममा चलाएर भएन नि । कुनै पनि अस्पतालले अक्सिजनको व्यवस्था के हुने भनेर अस्पताल खोल्नुपर्छ । तर, अहिले तत्काल त सम्भव छैन । यो भन्दा अगाडि त म्यानेज गरेका थिए । तर, आपतकालीन अवस्थामा के गर्ने भन्ने योजना पनि हुनुपर्छ ।

सरकारले अबको १० दिनमा प्लान्ट ल्याउँछ, ट्यांक ल्याउँछ । निजी अस्पतालले पनि ल्याउनुप¥यो । आफ्नो व्यवस्थापन नगर्ने, गर्ने चाहना नराख्ने ? मेडिसिटी अस्पतालको व्यवस्थापनले फोन गरेका थिए । यस्तो गरिदिनुस् भनेर । त्यत्रो ठूलो अस्पताल खोल्दा दुई÷चार वटा प्लान्ट नराख्ने ? प्रसूति गृह, कान्ति बाल अस्पताल, गंगालाल, टेकु अस्पतालले अक्सिजन प्लान्ट राख्न सक्ने ट्रमा सेन्टरले राख्न सक्ने तर, उहाँहरूले राख्न नसक्ने ? उहाँहरू अहिलेसम्म के गरिरहनुभएको थियो ?

कतिपयले भने निजी अस्पतालले त निजी कम्पनीसँग किनेको थियो नि । निजी कम्पनीसँग त सरकारी अस्पतालले पनि किन्छ । समस्या परेको बेला निजी कम्पनीको निजीलाई मात्र छोड्ने भनेर छोड्दैन नि सरकारले । अहिले कोरोना व्यवस्थापन सरकारले गरेको छ । कुनै पनि निजी अस्पतालले आफ्नो अक्सिजनको व्यवस्था गर्नुपर्छ । निजी अस्पतालले छिटोभन्दा छिटो आफ्नो अक्सिजन प्लान्टको व्यवस्था गर्नुपर्छ । बरु त्यसका लागि सरकारले के गर्नपर्छ ? भन्सार छुट गरिदिने हो कि ? ल्याउन सहजीकरण गरिदिने हो कि ? कहाँबाट ल्याउने हो त्यो सरकारसँग कूटनीतिक रूपमा पहल गर्नुपर्ने भए त्यसमा सरकार सकारात्मक छ ।

प्रतिक्रिया