सिद्धार्थ बैंकद्वारा १ करोड सहयोग

काठमाडौ । सिर्दार्थ बैक लिमिटेडले कोरोना भाइरस रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैया सहयोग प्रदान गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाख रुपैयाका दरले ७० लाख र आफ्ना शाखा रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाका दरले ३४ लाख रुपैया सहयोग गरेको हो ।

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ । बंैकले ग्राहकको सहजताकालागि घरैमा बसी प्रबिधि मैत्री डिजिटल माध्यमबाट बंैकिग सेवा उपलब्ध गर्दै आईरहेको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिग सेवाको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पु¥याइदिन पनि अपिल गरेको छ ।

प्रतिक्रिया