गीतमा जातीय विभेद

काठमाडौं । गायक सुमन बस्नेत र गायिका मुना कुमालको स्वर रहेको गीत ‘नियतिको खेल’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा ध्रुव कोइराला, जसोदा कार्की र विक्रम बुढाथोकीको अभिनय छ । अजय रेग्मीको छांयाकन रहेको भिडियोको सम्पादन निर्देशक क्रान्तिकै रहेको छ । भिडियोलाई सुनिल बिसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा जातपात र विभेदको विषयलाई देखाइएको छ ।

प्रतिक्रिया