बोटलर्स नेपालको नाफा बढ्यो

काठमाडौं । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा नाफा बढेको छ । जसमा चैत मसान्त सम्ममा बोटलर्स बालाजुले २९ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यस कम्पनी १ करोड ८० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

पछिल्लो ३ महिनामा मात्रै यस कम्पनीले ३० करोड ६८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले सञ्चालन आम्दानी ५ अर्ब ६२ करोड रुपैयाँबाट बढाएर ६ अर्ब १९ करोड रुपैयाँ प¥ुयाएको छ । यसले गर्दा पनि नाफा बढ्न सहयोग पुगेको देखिन्छ । यता, कम्पनीको कूल बिक्री आम्दानी भने ४ अर्ब ११ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

हाल यसको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर १७४ रुपैयाँ कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आमनी १४ रुपैयाँ ऋणात्मक रहेको छ । बोटलर्स बालाजुको प्रतिसेयर नेटवर्थ २ हजार ७९ रुपैयाँ छ ।

यता, बोटलर्स तराईले पनि चैत मसान्तसम्मममा ३७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनीले ३ करोड २६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । पछिल्लो ३ महिनामा मात्रै कम्पनीले ३४ करोड ९३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले सञ्चालन आम्दानी पनि ३ अर्ब ८७ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यसले गर्दा पनि नाफा बढ्न सहयोग पुगेको छ । यता, कम्पनीको कूल बिक्री आम्दानी भने २ अर्ब ८९ करोड रुपैयाँ ऋणात्मक रहेको छ । हाल यसको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा २ अर्ब ४४ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ४०९ रुपैयाँ भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ मात्र रहेको थियो ।

प्रतिक्रिया