१८ हजार ओखरका बिरुवा ल्याइँदै

डोल्पा । यहाँ व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइट लगायतका जातका १८ हजार बिरुवा खरिद गरी जहाजमा ढुवानी सुरु गरिएको छ । क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको ९१ लाख ६२ हजार रकम अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरी सोमबारदेखि जहाजमा ढुवानी सुरु गरिएको हो । सोमबार मात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए ।

सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा मंगलबार आइपुग्ने लामाको भनाइ छ । एउटा ओखरको बिरुवाको टर्कीबाट खरिद गरी समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइपु¥याउँदा १ सय ९ रुपैयाँ परेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका सम्पूर्ण ओखर पकेट र बल्गमा आवद्ध इच्छुक कृषक तथा समूहका लागि बिरुवा वितरणका लागि आइतबार नै सूचना जारी गरिएको कार्यालयको भनाइ छ । मंगलबारदेखि नै बिरुवा वितरण सुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाइने कृषि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया