प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत पुगेन

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । उनी संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

आज (सोमबार) प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे । १५ जना सांसद तटस्थ बसेका थिए भने मतदानमा कूल २३२ सांसद उपस्थित भएका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए । जसपाकै महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ ।

प्रतिक्रिया