प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै दाहालले यस्तो सुझाव दिएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत लिन खोजेको बताए । तर, यो प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकारभित्र पर्ने कुरा भएकोले यसको सम्मान गर्ने उनको भनाई छ । उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम फेरि भैरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले आफूहरुले धेरै प्रतिकुलतासँग जुधेर संविधान बनाएको स्मरण गराए ।

प्रतिक्रिया