‘तपाईंले विश्वासको मत लिने कुरा नाटकीय लाग्दैछ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई पार्टीको कचिङ्गलका कारण सदन विघटन गर्नु न्यायसंगत हो भनेर प्रश्न गरेका छन् । संसदमा विश्वासको मत माथिको छलफलमा बोल्दै प्रचण्डले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

‘पार्टीको कचिङ्गलको कारणले भनेर सदन विघटन गर्नु न्यायसंगत थियो प्रधानमन्त्रीजी ?,’ उनले भने, ‘यो संविधानप्रति न्याय थियो । तपाईं र मप्रति विवाद, बहस थियो, त्यो पार्टीको आन्तरिक विषय थियो । कसको रिसले कसको के भनेजस्तो गरी, तपाईंले हाम्रो पार्टीभित्रको विवादका कारण समाज सिंगो देश आक्रान्त हुनेगरी यो सार्वभौम संसदलार्ई तपाईंले विघटन गरेको होइन ?’

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्नु नाटकीय हुनसक्ने भनेर नागरिकको मनमा पनि प्रश्न रहेको र आफ्नो पनि रहेको बताए ।

प्रतिक्रिया