‘मलाई यस कारण विश्वासकाे मत दिनुपर्छ’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको बताए ।

सरकारले सबै पक्षसँग छलफल गर्न तयार रहेको भन्दै उनले औचित्य र आवश्यकताको आधारमा संविधान संशाेधन गर्न आफू तयार रहेको बताए । अब विभाजनको राजनीति समाप्त भइसकेको भन्दै उहाँले देशको सार्वभौमसत्ता, स्वाधीनता भौगोलिक अखण्डतामा अब कुनै विवाद नरहेको बताए ।

दोषी को हो भनेर अनुहार हेरेर कारबाही गर्ने कि नगर्ने भनेर सरकारले नहेर्ने भन्दै उनले अराजनीतिक र गैरकानुनी काम गर्नेहरूलाई सरकारले अनुहार हेरेर छाड्ने काम नगर्ने बताए

अहिलेको सरकारले शान्ति र सुव्यवस्थाको अवस्था राम्रो बनाएको भन्दै सत्यलाई स्वीकार गरेर अघि बढ्न तयार हो भने सबैले अहिलेको सरकारलाई विश्वास दिनुपर्ने ओलीले बताए । यसैका लागि संसदमा आफूले विश्वासको मत लिन चाहेको उनले बताए । राजमार्ग, झोलुङ्गे पुल, सुरुङ मार्गसहित विकास निर्माणका काममा पनि अहिलेको सरकारले उल्लेख्य प्रगति गरेको ओलीकाे भनाइ छ ।

प्रतिक्रिया