माओवादी संसदीय दलले गर्यो ओलीलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बिहान बसेको उक्त पार्टी संसदीय दलको बैठकमा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको जनाएको छ ।

बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्याउने निर्णय गरेको बताइएको छ । आजै प्रधानमन्त्री ओलीले संसद् बैठकमा विश्वासको मत लिँदै छन् । उता नेपाल–खनाल समूहका सांसदहरु पनि आजको बैठकमा सहभागी नहुने बताइएको छ ।

प्रतिक्रिया