हुन्डाईद्वारा ५० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौ । नेपालका लागि हुन्डाई मोटसको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी हुन्डाईले हुन्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाखबराबरका कोभिड–१९ उपचारका बेला चाहिने पीपीईलगायतका आवश्यक स्वास्थ्य सामग्री गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ । विश्वभरि फैलिँदै गरेको कोरोना भाइरसको संक्रमण रोक्थाममा मद्दत गर्न सो स्वास्थ्य सामग्री प्रदान गरिएको हो । यसको मूल उद्देश्य आवश्यकता परेका बिरामीलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ ।

लक्ष्मी हुन्डाईले सधैं यस्ता परोपकारी उद्देश्य कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेका छन् । लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो । ग्रुपका केही उल्लेखनीय समर्थन, २०१५ को महाभूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, विन्द्यावासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यमा रहेका छन् । लक्ष्मी हुन्डाई लक्ष्मी ग्रुपको भगीनी संस्था हो ।

लक्ष्मी हुन्डाईले यस विषम परिस्थितिमा एकता र खाँचोमा परेका मानिस र समुदायको मद्दत गर्नमा विश्वास गर्छ । साथै आफ्नो कम्पनीको ‘मानवताको प्रगति’को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया