सीजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर बजारमा

काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरी हालै सीजी ब्रान्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरी खाना मिल्ने बनाउन सीजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको हो । प्युरिफायर १० लिटर क्षमताको रहेको सो कम्पनीले बताएको छ । यसले तरकारी र फलफूल मात्र नभएर समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्छ । प्युरिफायर भएकाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दूध खाने बोतललाई पनि प्रशोधित गर्ने सो कम्पनीले जनाएको छ ।

यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजी भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रशोधित गर्नेछ । यो प्युरिफायरले खानामा भएको पौष्टिक तŒवलाई भने जस्ताको त्यस्तै राख्ने सो कम्पनीको दाबी छ । यसमा अटोमेटिक टाइमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएकाले यसलाई सजिलै चलाउन सकिनेछ । हाल कम्पनीले यसको खरिदमा १२ महिनाको वारेन्टीको व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया