दोहोरीबाट आधुनिकतर्फ मिराको छलाङ

काठमाडौं । लोकदोहोरी गायिका मिरा गिरीले आधुनिक गीततर्फ छलाङ मारेकी छन् । लामो समयदेखि लोकदोहोरी गीतमा आवाज दिँदै आएकी गायिका गिरीले पछिल्लो समय आधुनिक गीतमा शब्द लेखेर छलाङ मारेकी हुन् ।

उनले शब्द लेखेको आधुकि ‘सँधै एक्लै’ बोलको गीत भरखरै सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीत र भिडियोलाई धेरै रुचाइएको छ । सार्वजनिक भएको छोटो समयमै यो समाचार तयार पार्दासम्म युट्युबमा एक लाख ५० हजारभन्दा धेरै पटक भिडियोलाई हेरिएको छ । मिराको शब्द रहेको उक्त गीतमा गायक प्रताप दासले एकल आवाज दिएका छन् ।

साथै, गीतमा ऋषी खड्काले संगीत भरेका छन् भने विशाल निरौलाको संगीत संयोजन रहेको छ । त्यस्तै, उक्त गीतको भिडियोमा रोश्नी कार्की, उत्तम श्रेष्ठ र रमेश राम्तेल (नेपाली) ले अभिनय गरेका छन् । सिर्जन बरालले निर्देशन गरेको भिडियोलाई छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने अमृत चापागाईंको सम्पादन रहेको छ ।

शिखर फिल्म्सको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ । माया प्रेमको भावनालाई गीतको शब्दमार्फत व्यक्त गरिएको मिराले बताइन् । यसपछि फेरि अन्य आधुनिक गीतहरुको लागि शब्द लेख्ने तयारी गरिरहेको पनि उनले जानकारी दिइन् ।

प्रतिक्रिया