बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली सरकारले बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका छन । नेता नेपालले कोरोना १९ भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका हुन ।

उनले भने, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।’ गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गरि जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न नेता नेपालका अनुरोध छ ।

 

प्रतिक्रिया