आफूले चढ्ने गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिने सिडियोको घोषणा

दार्चुला । देश कोरोनाले आक्रामक भएको बेला मनकारी दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफूले चढ्ने गाडी बिरामी बोक्ने एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।

यतिबेला विश्वनै कोरानाको भुमरीमा परिरहेको बेला नेपालमा पनि बिकराल रुपमा फैलिएको छ । कोरानाको दोस्रो लहरमा दार्चुला पनि उच्च जोखिममा परेको छ । सबै बेला सरकारी एम्बुलेन्स नहुन पनि सक्छ भन्दै बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजान उनले आफूले चढ्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।

जिल्ला प्रशासनको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाईरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन् । प्रमुख जिल्ला अधिकारी जोशीले आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा आफूले चढ्दै आएको गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताए ।

देश कोरोनाले अस्तब्यस्त भएको बेला अस्पताल तथा स्थानिय तहहरुसँग हुने एम्बुलेन्सको अभावलाई मध्यनजर गर्दै कोभिड– १९ बाहेका बिरामीलाई बोक्ने उक्त गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने मौखिक रुपमा प्रमुख जिल्ला अधिकारी जोशीले सौर्य दैनिकलाई जानकारी दिए ।

 

प्रतिक्रिया