उधारो सम्झौता हुन सक्दैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने टिप्पणी गरेकी छन् । शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको समेत बताएकी छन् ।

उनले भनेकी छन्, ‘युद्धमा होमिएका क्रान्तिकारीहरुको निम्ति विजय र मृत्युको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।’

प्रतिक्रिया