मानवता विरुद्धको अपराध बन्द गर : युवा संघ

फाइल तस्विर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय युवा संघ, नेपालले कोरोना भाइरसको महामारीका बीचमा मनावता विरुद्धको अपराध नगर्न चेतावनी दिएको छ । संघका अध्यक्ष नरेश शाहीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै महामारीका बेला मानवता विरुद्धको अपराधमा संलग्न हुनेलाई दण्ड दिलाउने चेतावनी छन्।

कमिसन, चर्को शुल्क असुली, कालोबजारी, आर्थिक अनियमितता गरेमा वा भइरहेको देखिएमा तत्काल नागरिकहरूलाई गोलबद्ध गर्दै हस्तक्षेप गर्न मातहतका कमिटीहरूलाई अध्यक्ष शाहीले निर्देशन समेत दिएका छन्।

बजारमा अक्सिजन सिलिण्डर र रेमडिसिभर जस्ता औषधीहरूको कालोबाजारीका कारण ती सामग्रीहरूको बजारमा कृतिम अभाव देखिएको संघले जनाएको छ। ‘कोरोनाले मान्छे मरिरहँदा कमिसनको चक्करमा भ्याक्सिन आयातमा ढिलाइ हुनुले लाशको व्यापार र कात्रोमा कमिसन लिने खेलमै स्वयं यो सरकार दलालहरूमार्फत् सहभागी भएको हो कि? भन्ने गम्भीर आशंका उब्जिएको छ’, शाहीले भनेका छन्।

प्रतिक्रिया