कोरोनाबाट रेडियो नेपालका कर्मचारीको मृत्यु

डोटी । यहाँ कोरोना संक्रणका कारण आज रेडियो नेपालका एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनीयर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

केही दिनपहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो । उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी दिए ।

उनिसहित कोरोना भाइरसको संक्रणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी दोस्रो व्यक्ति हुन् । शव नेपाली सेनाले आजै अन्त्यष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया