प्रधानमन्त्री ओलीसँग घनश्याम र योगेशको बालुवाटारमा ३ घन्टा छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राती तीन घन्टा बढी छलफल भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले आफूले पार्टीलाई मिलाएर लैजान चाहेको बताएका थिए ।

भुसाल र भट्टराईले भने २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनु पर्ने प्रस्ताव राखेका थिए । तर ओलीले भने त्यसमा कुनै जवाफ दिएका थिएनन्  । प्रधानमन्त्रीले छलफल गर्नुअघि अर्थमन्त्री बिष्णु पौडेलले पनि भुसाल र भट्टराईसँग छलफल गरेका थिए। पौडेलले बिहीबार नै नेपाल पक्षीय नेताहरू सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग समेत कुराकानी गरेका थिए ।

प्रतिक्रिया