भारतमा १६ करोडले लगाए कोरोनाविरुद्धको खोप

नयाँ दिल्ली । राष्ट्रव्यापी खोप अभियानको तेस्रो चरण थप विस्तार भएपछि देशभरि दिइएको कुल कोविड खोप खुराक को जम्मा संख्या १६ करोड नाघेको छ । भारत यो लक्ष्य हासिल गर्ने सब भन्दा छिटो देश बनेको छ । भारतलाई यो लक्ष्य हासिल गर्न १०९ दिन मात्र लाग्यो । स्वास्थ्य मन्त्रालयले बुधबार भने । अमेरिकाले १११ दिन लिएको थियो भने चीनले यो संख्यामा पुग्न ११६ दिन लिएको थियो ।

यसैबीच स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १८–४४ वर्ष उमेर समूहका ६ लाख ७१ हजार २ सय ८५ लाभार्थीहरूले १२ राज्यमा कोविड खोपको पहिलो डोज प्राप्त गरेका छन् । यी राज्यहरू छत्तीसगढ़ (१,०२६), दिल्ली (८२,०००), गुजरात (१,६१,६२५), जम्मू कश्मीर (१०,८८५), हरियाणा (९९,६८०), कर्नाटक (३८४०), महाराष्ट्र (१,११,६२१), ओडिशा (१३,७६८), पंजाब (९०८), राजस्थान (१,३०,०७१), तमिलनाडु (४५७७) र उत्तर प्रदेश (५१,२८४) हुन् ।

खोप अभियानको १०९ औं दिन मंगलबार गत २४ घण्टामा १४ लाख भन्दा बढी खोप खुराकहरू दिइएको छ । बुधवार बिहान ७ बजेसम्मको अस्थायी रिपोर्ट अनुसार संचयी रूपमा २३ लाख ६६ हजार ३४९ सत्रहरु मार्फत १६ करोड ०४ लाख ९४ हजार १ सय ८८ खोपको खुराक दिइएको छ । यसमा ९४ लाख ६२ कजार ५ सय ०५ स्वास्थ्यकर्मी (एचसीडब्ल्यू) ले पहिलो डोज लिएका छन् र ६३ लाख २२ हजार ५५ एचसीडब्ल्यूले दोस्रो खुराक लिएका छन् । १ करोड ३५ लाख ६५ हजार ७ सय ३८ फ्रन्टलाइन कर्मी (एफएलडब्ल्यू) ले पहिलो खुराक र ७३ लाख ३२ हजार ९ सय ९९ एफएलडब्ल्यू (दोस्रो खुराक) लिएका छन् ।

यस तथ्यांक अनुसार १८–४५ वर्ष समूहका ६ लाख ७१ हजार २ सय ८५ लाभार्थीले पहिलो खुराक, ६० वर्ष भन्दा माथिका उमेर समूहका ५ करोड २९ लाख ५० हजार ५ सय ८४ लाभार्थीले पहिलो खुराक, र १ करोड २३ लाख ८५ हजार ४ सय ६६ लाभार्थीले दोस्रो खुराक पाए । ४५–६० वर्ष उमेर समूहका ५ करोड ३३ लाख ९४ हजार ३ सय ५३ लाभार्थीले पहिलो खुराक र ४४ लाख ०९ हजार २ सय १३ लाभार्थीले दोस्रो खुराक पाए । स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार, देशमा अहिलेसम्म दिइएको कुल खोप खुराकको ६६.८६ प्रतिशत हिस्सा १० राज्यको रहेको छ । यस सूचीमा महाराष्ट्र, राजस्थान र गुजरात शीर्ष स्थानमा रहेका छन् ।

प्रतिक्रिया