कतारको जेलमा रहेका १४ नेपालीलाई आममाफी

काठमाडौं । कतारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १४ नेपाली कामदारलाई आममाफी दिएको छ । कतारको राजधानी दोहास्थित नेपाली दूतावासका अनुसार रमदान वर्षको अवसरमा कतारको केन्द्रीय कारागार र अन्य विभिन्न कारागारमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो ।

दूतावासले कोरोना भाइरसको बढ्दो सङ्क्रमणको जटिलताका कारण जेल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि कतार सरकार समक्ष अनुरोध गर्दै आएको बताएको छ । आममाफी पाएका नेपालीहरूलाई घर फर्काउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण शुरु गरेको दूतावासको भनाइ छ । स्वदेश फर्काउनु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण, हवाई टिकट लगायतका प्रवन्ध गर्नु पर्दछ ।

प्रतिक्रिया