विराटनगर । विराटनगर–४ स्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राममा रेडियो नेपालद्वारा सञ्चालित गीतसंगीत प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । १५ माघदेखि तीन महिनासम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा प्रदेश–१ सहित विभिन्न जिल्लाका ७० जना प्रशिक्षार्थीको सहभागिता थियो । रेडियो नेपालले संघीयताको मर्मअनुुसार स्थानीय स्तरमा रहेका प्रतिभालाई गीतसंगीतको क्षेत्रमा अगाडि बढ्न सहज होस् भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा रेडियो नेपाल धरान प्रसारण केन्द्रका प्रमुुख सुुरेशप्रसाद वास्तोला तथा गायन प्रशिक्षक हरिशंखर चौधरीले सहभागीहरूलाई प्र्रमाणपत्र वितरण गरेका थिए ।
गायन, हारमोनियम, तबला तथा बाँसुुरी विधामा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो । रेडियो नेपाल कार्यक्रम महाशाखा प्रमुुख एवं वरिष्ठ संगीतकार टीकाप्रसाद भण्डारी, गायन प्रशिक्षक मनराज नकर्मी, हरिशंखर चौधरी, गितार तथा बाँसुुरीवादक दीपक सुुनाम र डा. निरञ्जन भण्डारीले सहभागीलाई प्रशिक्षण दिएको कार्यक्रम संयोजक रामा मण्डलले बताए । कार्यक्रममा बोल्दै रेडियो नेपाल धरान प्रसारण केन्द्रका प्रमुुख बास्तोलाले सबै जाति समुुदायलाई समेटेर गीतसंगीतको क्षेत्रमा रेडियो नेपालले निरन्तर सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले लुुकेर रहेका प्रतिभालाई उजागर गर्न मद्दत पुुग्ने विश्वास व्यक्त गरे ।
सहभागी प्रशिक्षार्थी योगेन्द्र साह तथा सरस्वती खडकाले प्रशिक्षण कार्यक्रमले गीतसंगीतको क्षेत्रमा अगाडि बढ्न सहज भएको भन्दै रेडियो नेपाल परिवारलाई धन्यवाद दिए । उनीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनसमेत आग्रह गरे । कार्यक्रममा अर्जुुन यादवले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा धरान प्रसारण केन्द्र्रका बलराम चौधरी तथा मनोज गुुप्ताको समेत सहभागिता थियो । पूर्वक्षेत्रमा रहेका गीत, संगीत, कला, साहित्य, संस्कृति जगेर्ना गर्दै पत्रकारिता क्षेत्रको विकासमा सहयोग पुुगोस् भन्ने उद्देश्यले सञ्चारग्रामको स्थापना भएको हो ।
प्रतिक्रिया