न्यायाधीश ओझाद्वारा फिदिम माविमा अक्षयकोष स्थापना

पाँचथर । फिदिम माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई इञ्जिनियरीङ र विज्ञान विषयमा पढ्नको लागि पूर्वद्यिार्थी तथा न्यायाधीश भिमकुमार ओझाले अक्ष्यकोष स्थापना गरीदिएका छन् । उक्त विद्यालयमा हरिभक्त गंगामाया, वसून्धरा अक्ष्यकोष स्मृति स्थापना गरिएको ओझाले जानकारी दिए । फिदिम माविबाट ओझाले २०३३ सालमा एसएलसी उर्तिण गरेका हुन् ।

फिदिमस्थित दुई पल्लोटारमा बसुन्धरा ओझाको कोखबाट २०१४ साल मंसिर १० गते जन्मिएका ओझा उच्च अदालतका न्यायाधीश हुन् । न्यायाधिश ओझाले स्वर्गिय आमा हरिभक्त, गंगामाया ओझा र बसुन्धरा ओझाको नाममा उक्त विद्यालयलाई छात्राबृतिका लागि रु पाँच लाख अक्ष्यकोष स्थापना गरेका हुन् ।

उक्त कोषबाट विद्यालयमा इञ्जीनियरीङ र विज्ञाान पढ्न नसक्ने जेहेन्दार निम्न आय भएका बालबालिकाहरुका लागि छात्राबृति खडा गरिदिएको जनाइएको छ । आमालगायत स्मृतिमा छात्राबृति कोष दाता, न्यायधिश ओझा र उनकी धर्मपत्नी देवी ओझाले स्थापना गरेका हुन् । अक्ष्यकोषको ब्याजबाट आएको ९० प्रतिशत रकम विद्यार्थीलाई दिइने र १० प्रतिशत रकम मुलधनमा जम्मा हुने न्यायाधीश ओझाले बताए ।

छात्राबृति दिलाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, कोषदाता परिवार सदस्यलगायतले विद्यार्थी छनोट गरी छात्राबृति वितरण हुने ओझाले बताए । नमुना विद्यालय उन्मुख फिदिम माविलाई आफन्तको स्मृतिमा अक्ष्यकोष स्थपना गिरदिएको पहिलो र कार्यान्वयनमा लैजाने माविका प्रअ विनोदकुमार ठाकुरले बताए ।

अक्ष्यकोष दाता ओझाले पूर्वविद्यार्थी समाजको आजिवन सदस्यसमेत लिएका छन् । ओझालाई पूर्व विद्यार्थी समाज फिदिम माविका अध्यक्ष केदारनाथ बास्कोटाले सदस्यता प्रदान गरेका छन् ।

प्रतिक्रिया