नयाँ वर्ष र हराएको पोस्ट कार्ड परम्परा

                        वीरेन्द्र रावल

आजभन्दा २५ वर्ष पहिलेको नयाँ वर्ष मनाउने परम्परा र यतिबेलाको परम्परा निकै आकाश पातलको फरक छ । नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा १५–२० दिन पहिले नै नयाँ वर्षको अवसरमा साथीभाइलाई आत्मीयता सहितको शुभकामना बाँड्नका लागि घरबाट एक दिनको दुरीमा पर्ने हाटबजारमा पुगेर भए पनि सौगात स्वरूप हिरोहिरोइनका तस्बिर सहितका पोस्टकार्ड खरिद गर्ने गरिन्थ्यो ।

केटी साथीलाई पोस्ट कार्ड दिनुपरेको खण्डमा आफूलाई मनपर्ने हिरोको तस्बिर भएको पोस्ट कार्डको एकातिरको खाली भागमा साहित्य सहितका गजल, गीत र सायरीहरू लेखेर खामबन्दी गरेर हुलाकमार्फत पठाउने र केटा साथीलाई केटीले पठाउने पोस्ट कार्ड पूmल भएको वा हिरोइनको तस्बिर भएको पोस्ट कार्डमा कविता, सायरी वा गीत लेखेर पठाउने चलन रहेको थियो । टाढाको दुरीमा रहेका साथीभाइलाई १५–२० दिन अगावै हुलाकमार्फत रजिस्टर गरेर पठाउने परम्परा रहेको थियो ।

२५ वर्ष यता आएर ती दिनहरू केवल सपनामा परिणत भएसरह भएका छन् । बजारमा पोस्टकार्डको व्यापक बिक्रीवितरण हुने विगतको परम्परामा पछिल्लो समयमा आएर आकाश पातलको फरक परेको देखिन्छ । त्यति बेलामा साथीहरूसँग कुराकानी गर्दा जिल्ला सदरमुकाम पुगेर दूरसञ्चार वा आवा (आकाशवाणी) को प्रयोग बढी हुने गर्दथ्यो । कहिलेकाही साथीभाइसँग शुभकामना सन्देश दिनका लागि टेलिफोनमा भेट नभएको खण्डमा रैवार छोड्ने परम्परा पनि थियो त्यो समयमा ।

पछिल्लो समयमा विज्ञान र प्रबिधिको प्रयोसँगसँगै पोस्ट कार्ड आदानप्रदान गर्ने परम्परामा पूर्णविराम लाग्न पुगेको छ । हाल आएर न त युवायुवतीहरूले पोस्ट कार्डको प्रयोग गरेको पाइन्छ न त रैवार नै । यतिबेला युवायुवतीका लागि नयाँ वर्षको शुभकामना दिने माध्यमका रूपमा म्यासेज, फोन, इमेल इन्टरनेट नै पहिलो माध्यम बनेको छ ।

२५ वर्ष पहिले म स्वयंलाई पनि कैलाली जिल्लाको भजनी बस्नुहुने मेरा मित्र वीरबहादुर भण्डारीले खुबै मिहिनेतका साथ लोभलाग्दो अक्षरले लेखी पठाएको गजल सहितको पत्र, भारतीय हिरोइन माधुरी र नेपाली हिरोइन मौसमी मल्लको पोस्ट कार्ड पठाएको पत्र अझै मेरो डायरीमा सुरक्षाका साथमा राखेको छु । त्यतिबेलाका साथीभाइ र आजभोलिका साथीभाइमा आकाश पातालको फरक छ । आजभोलिका साथीभाइमा बढी स्वार्थ मात्र पाइन्छ । कमै साथीहरू मात्र निस्वार्थी भावनाका भेटिने गरेका हुन्छन् ।

परम्परागत पोस्ट कार्ड वितरण गर्नुभन्दा म्यासेज, भिडियो कल एक भरपर्दो माध्यम बनेको छ । अहिले प्रविधिको सहारामा मानिसहरूले सुखदुःखका कुरा साटासाट गर्ने देखि लिएर आपसी भलाकुसारी साट्ने आधार मोबाइल र कम्पुटर लगायतका प्रविधिले सुगमता परिणत गराइदिएको छ । २५ वर्ष पहिले म स्वयंलाई पनि कैलाली जिल्लाको भजनी बस्नुहुने मेरा मित्र वीरबहादुर भण्डारीले खुबै मिहिनेतका साथ लोभलाग्दो अक्षरले लेखी पठाएको गजल सहितको पत्र, भारतीय हिरोइन माधुरी र नेपाली हिरोइन मौसमी मल्लको पोस्ट कार्ड पठाएको पत्र अझै मेरो डायरीमा सुरक्षाका साथमा राखेको छु ।

त्यतिबेलाका साथीभाइ र आजभोलिका साथीभाइमा आकाश पातालको फरक छ । आजभोलिका साथीभाइमा बढी स्वार्थ मात्र पाइन्छ । कमै साथीहरू मात्र निस्वार्थी भावनाका भेटिने गरेका हुन्छन् । हरेको सूचना र संदेश मोबाइलमार्फत आदानप्रदान गर्ने प्रचलन कायम रहेको छ ।विगतका वर्षहरूमा हामी नेपालीमाझ विद्यमान परम्परालाई विज्ञान र प्रविधिले अलगथलग पारिदिएको छ ।

समयको मागसँगै नेपाली परम्परामा विकृति र बिसंगतीसमेत भित्रिन पुगेका छन् । आत्मीयतामा समेत विचलन देखिने गरेको पाइन्छ । समयको फेरबदलसहित परम्परा र भेषभुषामा पनि आकाश पातालको फरक आएको छ । आजको २१औँ शताब्दिमा आएर नेपाली समाजले पनि बिस्तारै बिस्तारै कछुवा गतिमा स्वरूप बदल्न थालेको पाइन्छ ।

फेसबुकको बिकास भएपछि त मानिसहरूले आफ्ना र परिवारका तस्बिर राखेर नयाँ बर्ष आगमनको संदेशहरू पोस्ट गर्ने परम्पराको व्यापक रूपमा थालनी भएको छ । यस्तो खालको परम्पराले संदेशहरू हरेकले हेर्न र पढ्न सक्ने भएकाले पनि यस्को प्रभावकारिता बढी देखिएको छ । समयको फेर बद्लका कारण कतिपय परम्परागत धर्म, संस्कृतिमा समेत असर पुग्ने खालका कुराहरू छन भने त्यस्ता परम्पराको अन्त्यका लागि सरोकारवाला सजग रहन जरुरी रहन्छ ।

प्रतिक्रिया