जापानको पर्यटन दूतमा पौडेल

काठमाडौं । राजन कुमार पौडेल जापानको पर्यटन दूतमा नियुक्त भएका छन् । उनलाई नेपाल सरकार पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन बोर्डले जापानको लागि पर्यटन दूतमा नियुक्त गरेको जनाएको छ ।

नवनियुक्त पौडेल स्याङ्जाको टक्सारमा जन्मिएका हुन । बसाईं सराईको क्रममा सानै उमेरदेखि पोखरामा हुर्केका उननले त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस पोखराबाट स्तानक तह र त्रिभुवन विश्वविद्यालयकै काठमाडौं किर्तीपुर क्याम्सबाट Rural &Regional Development’ मा स्नातकोत्तर तह प्रथम श्रेणीमा पास गरेको जानकारी दिए ।

पौडेलले नेपालमा रहँदा नेपाल सरकारको विषेश अनुसन्धान ब्युरोमा करीब ५ वर्ष अनुसन्धान अधिकृतको रुपमा पनि काम गरेको बताए । त्यो समय उनको बाहिर देखाउने पेशा भने रेडियो प्रस्तोता, टेलिभिजनका कार्यक्रम संचालक तथा अभिनेता थियो ।

त्रिभुवन युनिभर्सिटीमा मास्टर्स टप गरेपछि Scholarship मा जापानको नागोया युनिभर्सिटीमा आएर पिएचडीको लागि रिसर्चरको रुपमा रहँदा, उनका प्रोफेसरको अनुरोधलाई आत्मसात गरी पढाईलाई त्यतिकै बिटो मारी जाइका (जापान अन्तराष्ट्रिय सहयोग नियोग) मा काम गर्न सुरु गरेका थिए ।

कामकै सिलसिलामा जाइकाको आउटसोर्सिङ कम्पनिहरुको विविध प्रोजेक्टहरुमा पनि उनले प्रोजेक्टको अर्डिनेटरका रुपमा संसारका विभिन्न देशहरुमा काम गरिसकेका छन् । विश्वका १२२ वटा देशहरुमा पुगिसकेका पौडेलले जापान सरकारको अध्यागमन विभाग, प्रहरी प्रशासन, परराष्ट्र, रक्षा, संस्कृती तथा पर्यटन मन्त्रालयका विविध परियोजनाहरुमा समेत काम गरेको अनुभव छ ।

२०१७ देखि २०१९ को २ वर्षे कार्यकालमा एनआरएनए जापानको केन्द्रीय कमिटीमा समेत रहेर समाजसेवी कामहरु पनि गरेका उनले हाल जापान सरकारको बजेटमार्फत प्यासिफिक कन्सलटेन्ट भन्ने कम्पनिबाट नेपाल, भारत, बंगलादेश, म्यानमार र भियतनाममा विभिन्न प्रोजेक्टहरु गरिरहेको बताए ।

प्रतिक्रिया