पत्रकार महासंघ लमजुङको अध्यक्षमा अधिकारी निर्वाचित

लमजुङ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा परमेश्वर अधिकारी निर्वाचित भएका छन् । बुधबार भएको पत्रकार महासंघको निर्वाचनमा महासंघ लमजुङमा प्रेस युनियन र प्रेस सङ्गठन प्यानलका अधिकारी तीन मतले विजयी भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले २९ मत ल्याएका थिए भने प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार आश गुरुङले गुरुङले २६ मत ल्याए । त्यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीका अनुज अधिकारी २९ मतसहित विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी युनियनका सन्देश पौडेलले २६ मतसहित पराजित भएका छन् । महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी शान्ता कमली ३१ मतसहित विजयी हुँदा प्रेस चौतारीबाट बेलिना थापाले २४ मत प्राप्त गरेकी थिइन् ।

सचिवमा युनियनका रुद्रहरि ढकाल ३० मतसहित विजयी हुँदा चौतारीका सरोज विकले २५ प्राप्त गरेका थिए । त्यस्तै समावेशी सहसचिवमा श्यामशीतल परियार, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै घनबहादुर घिमिरे (जिवी), आदिवासी जनजाति सदस्यमा युनियन–सङ्गठनकै भरत राना विजयी भएका छन् ।

खुला सदस्यमा अजितजङ्ग थापा, नीरज अधिकारी, दीपेन्द्र रेग्मी, ऋषिराम अधिकारी र सुजन बानियाँ विजयी भएका छन् । त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा युनियन–सङ्गठन प्यानलकै सन्तोष पौडेल ३० मत ल्याएर जित हासिल गरेका छन् ।

यसअघि कोषाध्यक्षमा युनियन–सङ्गठनका रवीन्द्र लामिछाने, महिला सदस्यमा सिर्जना बराल र चौतारीका दलित सदस्यमा डिबी मजाकोटी निर्विरोध चयन भएका थिए । प्रदेश प्रनितिधिमा कृष्ण आले, विमला अधिकारी, कृष्ण अधिकारी र युवराज श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् । बुधबार भएको महासंघको निर्वाचनमा लमजुङमा कूल ५६ मध्ये ५५ मत खसेको थियो ।

काभ्रेमा बद्रीराज विजयी

बनेपा– महासंघ काभ्रेपलाञ्चोकको बुधबार भएको निर्वाचनबाट प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका भएका छन् । बुधवार सम्पन्न निर्वाचनको मत परिणामअनुसार तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईँलाई १७ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् ।

युनियन र प्रेस सङ्गठन नेपालको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार तिमल्सिनाले ६८ मत ल्याए भने बजगाईँले ५१ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा प्रेस चौतारीका विनोद न्यौपानेले ६१ मत प्राप्त गरी प्रेस सङ्गठनका प्रल्हाद शर्मा हुमागाईँलाई पछाडि पार्न सफल भए । हुमागाईँले ५७ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा सुनिता सापकोटाले ६४ मत ल्याएर विजयी भएकी छन् ।

त्यस्तै कार्यसमितिको सचिवमा युनियनका कपिल कोइराला, कोषाध्यक्ष चौतारीका केदारनाथ तिमल्सिना, खुला सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगतमान बल तामाङ विजयी भएका छन् । सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी भएका छन् । कार्यसमितिको अपाङ्गता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित भएका छन् ।

सोही दिन भएको निर्वाचनबाट केन्द्रीय परिषद सदस्यमा प्रदीप केसी र भुवन रायमाझी, प्रदेश परिषद् सदस्यमा नवराज सापकोटा, निरञ्जन गेलाल, भरत अधिकारी, रामचन्द्र दनुवार र लक्ष्मण तिमल्सिना विजयी भएकका छन् । केन्द्रीय परिषद् महिला सदस्यमा यसअघि सरिता सापकोटा तथा प्रदेश परिषद् महिला सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, कविता शर्मा र सूर्यमाया दनुवार निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया