खोजखबर

काठमाडौंमा बसन्त मानन्धरको नेतृत्वमा एमालेको समानान्तर कमिटी

सौर्य अनलाइन २०७७ चैत २२ गते १६:४५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको छ । बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरिएको हो । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तिव्रता दिएको छ । एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय