‘जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान सक्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अंकगणित देशको आवश्यकता अनुरुप नभए ताजा जनादेशमा जानुपर्ने बताएका छन । एक सय ६५ वटा रणनीतिक सडकको एकैपटक शिलान्यास गर्दै प्रधानमन्त्रीले ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने बताए ।

‘सरकार बनाउन, संविधान निर्माण गर्न सक्ने थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनाउनुपर्छ,’ उनले भने, ‘ढिलो चाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ ।’ देशको आवश्यकता र संसदको गणित फरक पर्ने बताउँदै आवश्यकता अनुसारको अंकगणित निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया